सेन्सर बोर्डका पूर्व अध्यक्षले मलाई ‘पोर्न फिल्म’का लागि फोटोसुट गर्न लगाएः कंगना

काठमाण्डु टुडे २०७५ चैत १६ गते १५:३० मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतले निर्माता तथा सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज हिलानीबारे एक अन्तरवार्तामा सनसनीपूर्ण खुलासा गरेकी छिन् ।

एक अखबारलाई दिएको अन्तरवार्तामा उनले आफू बलिउडमा स्थापित हुन संघर्षरत दिनहरुलाई सम्झदैँ भनेकी छिन्, ‘पहलाज निहलानीले मलाई ‘आइ लव यू बस’ नामक चलचित्र अफर गरेका थिए । यसका लागि उनले मलाई एउटा फोटोसुट गर्न लगाए जसमा मलाई भित्रीवस्त्र नलगाई केवल स्टाटिनको रोब लगाउन भनिएको थियो । यो यस्तो युवतीको रोल थियो जसले आफ्नो अधवैँसे मालिकलाई रिझाउनु पर्ने थियो । यो एउटा सफ्ट पोर्नजस्तै चलचित्र थियो ।’

‘मैले फोटोसुट त गरेँ तर मलाई चलचित्र गर्न ठीक लागेन । मलाई लाग्यो यही कारणले आमाबुवाहरु आफ्नो छोरीहरुलाई चलचित्र क्षेत्रमा आउनबाट रोक्छन् । फोटोसुट गरेपछि मैले सिधै उनलाई नाइँ भन्न सकिन । त्यसैले म केही नभनी गायब भएँ र फोन नम्बर पनि परिवर्तन गरेँ ।’

कंगनाको खुलासापछि निहलानी आक्रोश

कंगनाको खुलासापछि एक पत्रिकाले पहलाज निहलानीसँग प्रतिक्रिया मागेपछि उनले आक्रोश व्यक्त गरे । निहलानीले कंगनालाई चेतावनी दिँदै भने, ‘उनले मसँग नखेले हुन्छ तर मसँग पनि भन्ने कुराहरु धेरै छन् ।’

आफ्नोतर्फबाट सफाई दिँदै निहलानीले थपे, ‘मैले फोटोसुटका लागि डेढ करोड रुपैयाँ खर्च गरेको थिएँ र तीनवटा गीत पनि सुट गरेका थियौँ । यही फोटोसुटको कारण उनले महेश भट्टको ग्याङ्गस्टर भन्ने चलचित्रको अफर पाएकी थिइन् ।’

‘कंगनाले त्यसपछि मलाई चलचित्र काम गर्न नसक्ने भनेर आग्रह गरेकी थिइन् । त्यतिबेला उनले मसँग तीनवटा चलचित्रका लागि करार गरेकी थिइन् ।’

‘कंगनाले कुरा गरेको चलचित्र चिनी कम भन्ने जस्तै चलचित्र थियो । मैले उक्त चलचित्रको लागि अमिताभ बच्चनलाई पनि अप्रोच गरेको थिएँ । त्यो कुनै पोर्न फिल्म थिएन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us