नेपालमा लगानी गर्न यूएई इच्छुक

काठमाण्डु टुडे २०७५ चैत १६ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, १६ चैत्र – खाडीको दोस्रो ठुलो अर्थतन्त्र यूएईले नेपालमा लगानी गर्ने भएको छ । लगानी सम्मेलनमा भाग लिन काठमाण्डु आइपुगेका यूएईका अर्थ मन्त्रालयका वैदेशिक व्यापार सहायक सचिव अब्दुल्लाह अल सलेनीले यूएईको सरकारी र निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक भएको बताए ।

हामी किन नेपालमा लगानी गर्न चाहन्छौँ ? भन्दै उनले भने ‘नेपालको लागि यूएई तेस्रो ठुलो व्यापारिक साझेदार हो, हामीबीच वार्षिक ३० करोड डलरको व्यापार हुन्छ ।’

उनले यूएई नेपालको रणनीतिक आयोजनामा लगानी गर्न इच्छुक रहेको बताए । ‘हामी नेपाली कम्पनीसँग साझेदारी गरी काम गर्न चाहन्छौँ,’ उनले भने,‘ नेपाल भारत र चीनजस्ता ठुला अर्थतन्त्रको बीचमा भएकाले पनि लगानीको लागि अवसर हुन्छ ।’

यूएईले भारत र चीनसँग पनि व्यापार साझेदारी गरिरहेको र नेपालसँग लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता पनि गरेकाले लगानीको लागि आकर्षक स्थान भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us