एजेन्सी – बलिउडकी नायिका मलाइका अरोडा र नायक अर्जुन कपुरको विवाहको मिति तोकेका छन् ।
भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपुरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका छन् । स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ ।
यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको छैन । भारतीय मिडियाका अनुसार विवाहको तयारी जोडतोडका साथ सुरु भइसकेको छ ।
उनीहरुले क्रिश्चियन रितिरिवाजमा विवाह गर्ने बताइएको छ । यता मलाइका र अर्जुनले तयारीमा लागेका सबैलाई विवाहको खबर गोप्य राखिदिन आग्रह गरेको बताइन्छ ।