सफ्टवेयरमा समस्याः भएन शेयर कारोवार

काठमाण्डु टुडे २०७५ चैत १३ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, १३ चैत – प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १।४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो ।

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उनले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिए ।

कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिए । उनले पनि सफ्टवेयरका कारण कारोवारमा उल्झन देखिएको गुनासो गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us