यी हुन् सरोगेसीमार्फत सन्तान जन्माउने बलिउडका चर्चित सेलिब्रेटी

काठमाण्डु टुडे २०७५ चैत १३ गते १६:११ मा प्रकाशित

एजेन्सी – बलिउडमा सरोगेसीको माध्यमबाट आमा बुबा बन्न स्लिब्रेटीको लाइन लाग्न थालेका छन् । आज चर्चा ती सेलिब्रेटीको गर्न खोजिएको छ । जो सरोगेसीको माध्यमले आमाबुबा बनेका छन् । आउनुस् आज तिनै स्लिब्रेटीको चर्चा गरौँ जो सेरागेसीको माध्यमबाट आमा बुबा बनेका छन् ।

शाहरुख खान
बलिउडका सुपरस्टार शाहरुख खान र उनकी पत्नी गौरीले दुई सन्तान हुँदाहुँदै पनि सेरोगेसीको सहारा लिएका थिए । बलिउडमा सेरोगेसीको सहारा लिने सेलिब्रेटीमा शाहरुख पहिलो हुन् । शाहरुखको सरोगेसीको माध्यमबाट जन्मिएको बच्चाको नाम अबराम हो ।

करण जौहर
बलिउडका चर्चित फिल्म मेकर करण जौहर पनि सरोगेसीको माध्यमबाट दुई सन्तानको पिता बनेका हुन् । उनको दुई बच्चामा एक छोरा र एक छोरी छिन् । जसको नाम यश र रुही जौहर राखिएको छ ।

आमिर खान
अभिनेता आमिर खानकी श्रीमती किरण रावले पनि बच्चा जन्माउन सरोगेसीको सहारा अपनाइन् । सरोगेसीबाट उनीहरुलाई छोरा भएको थियो । जसको नाम दुबैले आजाद राखेका छन् ।

लीजा रे
बलिउड अभिनेत्री लीजा रे ले ४६ बर्षको उमेरमा सरोगेसीबाट जुडुवा बच्चा जन्माएकी थिइन् । दुई बच्चाको आमा बनेको खुसी उनले तीन महिनासम्म इष्टाग्राम मार्फत सार्वजनिक गरिरहिन् । उनलाई २००९मा ब्लड क्यान्सर भएको थियो । उनले २०१०मा आफु क्यान्सर फ्रि भएको सार्वजनिक गरेकी थिइन् । उनी २०१८मा सरोगेसी मार्फत आमा बनेकी हुन् ।

तुषार कपुर र एकता कपुर
फिल्म निर्माता एकता कपुर र उनको भाई तुषार कपुरले सरोगेसी मार्फत सन्तान सुख पाएका छन् । एकता यसै बर्ष अर्थात २७ जनवरीमा जन्मिएको बच्चाको आमा बनिन् । उनले सामाजिक संजालबाट आफ्नो बच्चाका लागि आर्शिवाद र शुभकामना समेत लिएकी थिइन् । उनले बुबा जीतेन्द्रको असली नाम रविबाट आफ्नो बच्चाको नाम राखेकी छन् । तुषारको छोराको नाम भने लक्ष्य रहेको छ ।

सन्नी लियोनी
बलिउडकी हट अभिनेत्री सन्नी लियोनी अहिले तीन सन्तानकी आमा हुन् । उनले २०१७मा निशा कौर नामक बच्चालाई सहार दिएकी थिइन् । २०१८ मा भने उनले सरोगेसी मार्फत जुडुवा बच्चा अशर र नोआ सिंह वेबर पाएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us