ज्याकलिनसँगको किस सुन्दरः इमरान

काठमाण्डु टुडे २०७५ चैत १२ गते १३:५८ मा प्रकाशित

एजेन्सी – सिरियल किसर हिरोको ट्याग लागेका इमरान हास्मीले ज्याकलिन फर्ना्न्डिससँग खाएको किस सबैभन्दा सुन्दर भएको बताएका छन् । उनले करण जोहरको एक शोमा उक्त कुरा बताएका हुन् ।

करणले आफ्नो शोमा इमरानलाई सोधेका थिए, फिल्ममा सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो किस को–को अभिनेत्रीसँग भएको थियो ? उनले भनेका थिए, ‘मर्डर २’ मा ज्याकलिन फर्ना्न्डिससँग मेरो सबैभन्दा सुन्दर किस भएको थियो ।’ उनले सबैभन्दा नराम्रो किसचाहिँ मल्लिका सेरावतसँग भएको बताएका थिए ।

इमरानले २००३ मा फुटपाथ फिल्मबाट बलिउड यात्रा सुरु गरेका थिए । अहिलेसम्म उनले ३५ फिल्ममा अभिनय गरिसकेका छन् । उनले सुरुमा बलिउडमा फरहान हासमी नाममा करिअर अघि बढाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us