उदय चोपडाको ‘ट्वीट’– ‘आत्महत्या गर्ने यो राम्रो विकल्प हो’

काठमाण्डु टुडे २०७५ चैत १० गते ११:५८ मा प्रकाशित

एजेन्सी – बलिउड सिने जगतका चर्चित फिल्म निर्देशक यश चोपडाका कान्छा छोरा उदय चोपडाले बाच्नुको कुनै विकल्प नभएको बताएका छन् ।

उनले आफ्ना व्यक्तिगत जीवनसँग जोडिएका कुराबारे आफ्नो ट्वीटरमार्फत खुलाएका हुन् । उनले आफ्नो मनमा आत्महत्या गर्ने विचार आइरहेको ट्वीटरमार्फत् जानकारी दिएका छन् । यद्यपि, उनले आफ्नो उक्त ट्वीट डिलिट गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘मैले केही घण्टाका लागि आफ्नो ट्वीटर अकाउन्ट डी एक्टिभेट गरेको थिएँ । मैले मृत्यु नजिक भएको महसुस गरेँ । यो अभूतपूर्व थियो । मलाई लाग्छ कि आत्महत्या गर्ने यो राम्रो विकल्प हो । म चाँडै नै स्थायी रुपमा यसो गर्न सक्छु ।’

उनले अर्को पोष्टमा लेखेका छन्, ‘म ठिक छैन । मैले कोसिस गरिरहेको छु तर असफल भइरहेको छु ।’ तर पछि उनले यी ट्वीट डिलिट गर्दै नास्तिकताको विषयमा अर्को एउटा ट्वीट गरे ।

उनले लेखे्, ‘यो एक विचार होः तपाईं मेरो टाउकोमा बन्दुक राखेर मलाई भगवानमाथि विश्वास गर्न बाध्य बनाउन सक्नुहुन्छ । म हो पनि भन्न सक्छु किनभने म बाँच्न चाहन्छु । तर म केमा विश्वास गर्छु र मेरो दिमागमा के चलिरहेको छ भनेर तपाईंलाई कसरी थाहा हुन्छ । यो भगवानलाई समेत थाहा हुँदैन । यसको सबैभन्दा ठूलो कारण यो हो कि यो काल्पनिक हो ।’

फिल्म मोहब्बतेंबाट बलिउड डेब्यू गरेका उदयको फिल्मी करियर ठिक रहेन । उनी अन्तिम पटक २०१३ मा रिलिज भएको ‘धूम थ्री’ मा देखिएका थिए । त्यसपछि उनले अहिलेसम्म कुनै फिल् गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us