चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

काठमाण्डु टुडे २०७५ चैत ७ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, ७ चैत– नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ति गर्न सरकारले निर्णय गरेको छ । चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गत माघ २२ गते अध्यक्ष पदबाट निकिता पौडेलले राजिनामा दिएसँगै पद खाली रहँदै आएको थियो ।

केशव फिल्म निर्माणमा सक्रिय छन् । उनको निर्माणमा बनेको फिल्म ‘यात्रा अ म्यूजिकल भ्लग’ प्रदर्शनको तयारीमा छ। निर्देशक तुलसी घिमिरेको सहायकका रुपमा फिल्म निर्माण क्षेत्रमा जुटेका उनले केही फिल्ममा अभिनय पनि गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us