दिपकले खोले ‘छक्का पञ्जा २’ फेरि रिलिज गर्नुको रहस्य

काठमाण्डु टुडे २०७५ चैत ७ गते १२:११ मा प्रकाशित

काठमाण्डु, ७ चैत्र – चलचित्र ‘छक्का पन्जा २’ फेरि प्रद्धर्शनमा आउन लागेपछि निर्माता तथा कलाकार दिपकराज गिरीको चर्को आलोचना भइरहेको छ ।

विशेषगरि, दिपक पैसाको लोभी भएको, डेढ बर्ष अगाडि आएको चलचित्र अहिलेसम्म युटुबमा नराखेर फेरि रिलिज गर्न लागेको भन्दै आलोचना भइरहेको छ ।

तर, अत्याधिक धेरै नकारात्मक प्रतिक्रिया आएपछि दिपकले चलचित्र फेरि रिलिज गर्नुको कारण खोलेका छन् । उनले आफ्नो फेसबुकमा ‘स्टाटस’ लेख्दै भनेका छन्, ‘वैशाख १३ मा छक्का पन्जा २ रिलिज हुँदैछ । यसबाट उठेको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई जानेछ । चलचित्रमा नयाँ दृश्यहरु पनि हेर्न पाउनुहुनेछ ।’

गतबर्ष रिलिज भएको चलचित्रले १४ करोड माथिको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us