आलियाले चालक र सहयोगीलाई यति धरै रकम किन दिईन् ?

काठमाण्डु टुडे २०७५ चैत ६ गते १२:१९ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले आफ्नो निजी चालक र सहयोगीलाई मुम्बईमा घर किन्नका लागि ५०–५० लाख भारू रकम दिएकी छन् ।

उनले १५ मार्चमा परेको आफ्नो २६औं जन्मदिनको अवसरमा चालक सुनील तथा सहयोगी अमोललाई सो रकम दिएकी हुन् ।

सुनिल र अमोलले जुहु गली र खारमा एक बेडरूमवाला फ्ल्याट बुक गरेका थिए । दुबै आलियासँग उनको डेब्यू सिनेमा ‘स्टुडेन्ट अफ द इयर’देखि साथै रहेर उनका लागि काम गर्दै आएका छन् ।

आलियाले यी दुबै जना आफ्नो आजसम्मको यात्राको अभिन्न अंग भएको र उनीहरूबिना बाँच्न नसक्ने बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us