‘इन्शाल्लाह’ मा सलमान र आलियाले रोमान्स गर्ने

२० वर्षपछि एक साथ काम गर्दै सलमान र सञ्जयलीला भन्साली

काठमाण्डु टुडे २०७५ चैत ५ गते १५:५९ मा प्रकाशित

एजेन्सी – २० वर्षपछि सलमान खान र सञ्जयलीला भन्साली फेरि एकसाथ काम गर्ने भएका छन् । यसका साथै यस फिल्ममा सञ्जयलीला भन्सालीले सलमन खानकी हिरोइन पनि फाइनल गरिसकेका छन् ।

फिल्म ‘इन्शाल्लाह’मा आलिया भट्ट मुख्य अभिनेत्री हुने पक्का भएको छ । दर्शकले अब यस फिल्ममा ५३ वर्षीय सलमान खान र २६ वर्षीया अभिनेत्री आलिया भट्टबीचको रोमान्स हेर्न पाउनेछन् ।

उमेरमा सलमान खान र आलिया भट्टबीच २७ वर्षको अन्तर रहेको छ । आलिया भट्ट र सलमान खान पहिलो पटक एकसाथ स्क्रिन सेयर गरिरहेका छन् । आलिया भट्ट सोमबार आधी रातमा संजय लीला भन्सालीको कार्यालय गएकी थिइन् । त्यसको भोलिपल्ट अर्थात आज मंगलबार आलिया यस फिल्मको लागि फाइनल भएको खबर सार्वजनिक भएको हो ।

सलमान खानले उनको यस फिल्ममा अभिनेत्री आलिया भट्ट फाइनल भएको कुराको जानकारी आफ्नो ट्विटर ह्याण्डलमाफर्त दिएका छन् । यसका साथै अभिनेत्री आलिया भट्टले पनि ट्वीट गर्दै ‘इन्शाल्लाह’ को यात्रामा सञ्जय र सलमान खानका साथ काम गर्ने पाउने कुराले धेरै खुशी भएको बताएकी छिन् ।

फिल्म ‘इन्शाल्लाह’ मा अभिनेता शाहरुख खानको केमियो रहने खबर पनि सार्वजनिक भएका छन । यस फिल्मको छायाँकंन ‘दबंग ३’ पछि सुरु हुनेछ । फिल्म ‘इन्शाल्लाह’ को निर्माण सलमान खान र सञ्जयलीला भन्साली मिलेर गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us