जात्रैजात्राको पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक

काठमाण्डु टुडे २०७५ चैत ४ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, ४ चैत्र –नेपाली चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो चलचित्रको ‘माया पिरीम’बोलको पहिलो गीत सार्वजनिक गरेको छ ।

आइतबार काठमाण्डुमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर, निश्चल बस्नेत, वर्षा राउत, सारा सिर्पालीलाई फिचर्ड गरिएको छ ।

गीतमा कृष्ण भारद्धाजको संगीत, लेखु सहयात्रीको शब्द तथा निशान भट्टराई र मनिषा पोखरेलको स्वर छ । यस गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।
षट्कोण आर्टको व्यानरमा निर्माण भएको सिनेमालाई ‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

केही समय पहिले सिनेमा वैशाख २७ मा रिलिज हुने बताइएको थियो तर सो मितीमा बलिउड सिनेमा ‘स्टुडेन्ट अफ दि ईयर २’ रिलिज हुने भएपछि ‘जात्रै जात्रा’को रिलिज मिति एकसाता पर जेष्ठ ३ गते पुगेको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us