‘छक्का पन्जा २’ फेरि रिलिज हुने, कहिले ?

काठमाण्डु टुडे २०७५ चैत ३ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ३ चैत्र – नेपाली चलचित्र छक्का पञ्जा २ हेर्न छुटाएकाहरुको लागि खुसिको खबर आएको छ । चलचित्र ‘छक्का पञ्जा २’ फेरि प्रद्धर्शनमा आउने भएको छ ।

बैशाख १३ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘दाल भात तरकारी’को प्रद्धर्शन मिति एक साता पछाडि सरेलगत्तै बैशाख १३ गतेका लागि यो चलचित्रले स्थान पाएको हो ।

गत वर्षको दशैँमा रिलिज भएको उक्त चलचित्र निकै सफल भएको थियो । दर्शक र फिल्मकर्मीले नै चलचित्रलाई पुनः रिलिज गर्र्न माग गरेपछि रिलिज गर्न लागिएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us