विप्लव प्रकरणमा नायिका रेखा थापाको ‘ट्वीट’

काठमाण्डु टुडे २०७५ फागुन २९ गते १०:४४ मा प्रकाशित

काठमाण्डु, २९ फागुन – सरकारले नेकपा विप्लव समूहलाई मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेकोमा अभिनेत्री रेखा थापाले यो सरकार कसले चलाएको भनेर प्रश्न गरेकी छन् ।

उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै भनेकी छन्, ‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो । देशभक्त ‘बिप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’

उनले सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजेको बताएकी छन् । उनले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भनेकी छिन् । ‘आम नेपाली जनताले यो विषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो,’ उनले लेखेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us