काठमाण्डु, २७ फागुन – नायिका प्रियङ्का कार्की र आयुश्मान देशराज जोशीको जोडीले पछिल्लो समय निकै चर्चा पाइरहेको छ ।
सामाजिक सञ्जालमा पनि सधैँ सक्रिय रहने नायिका प्रियङ्का कार्की नायक आयुष्मान देशराजसँगको सम्बन्धको कारण पछिल्लो समय निकै चर्चामा आइरहेकी छन् । यो वर्ष गुपचुप इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारी गर्दैछ । यो जोडी अब मनोरञ्जन क्षेत्रमा मात्र होइन सामाजिक काममा पनि सक्रिय बन्नथालेका छन् ।
सामाजिक काममा पनि सक्रिय बन्न यो जोडीले आयंका फाउण्डेसनको घोषणा समेत गरेका छन् । नेपाली युवा पुस्ताले निकै रुचाएकी प्रियङ्का कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिइन्छ । अहिले प्रियङ्का हुनेवाला पति आयुष्मानसँग बाली, इन्डोनेसियामा छिन् । उनले रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन् ।
