सिके राउतलाई दिपकराज गिरीको कडा ‘स्टाटस’

काठमाण्डु टुडे २०७५ फागुन २७ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २७ फागुन – सामाजिक सञ्जाल फेसबुकमा कलाकार दिपकराज गिरीले सिके राउतलाई लक्ष्यित गरेर आज एउटा कडा स्टाटस लेखेका छन् ।

स्टाटसमा उनले देश विखण्डन गर्न चाहनेहरुलाई गोली ठोक्नुपर्ने बताएका छन् । दिपकले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ । देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’

सिके राउतले तीन दिन अगाठिड सरकारसँग अब स्वतन्त्र मधेसको आन्दोलन त्याग्ने भनेर सम्झौता गरेका थिए । तर, सम्झौताको मसी सुक्न नपाउँदै उनको कार्यकर्ताले तर्राइमा स्वतन्त्र तराईको नारा लगाउन थालेका छन् र यसमा राउतकै मौन समर्थन देखिएको छ । यसैलाई लिएर दिपकले उक्त स्टाटस लेखेका हुन् ।

समसामयिक विषयहरुमा सामाजिक सञ्जालमा मुख खोल्न नहिच्कचाउने गिरीका स्टाटसहरुले ताली र गाली दुवै पाउने गर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us