नायिका निरुता सिंहलाई डेंगु !

काठमाण्डु टुडे २०७५ फागुन २६ गते १३:०० मा प्रकाशित

काठमाण्डु, २६ फागुन – केही समय नेपालमा रहेकी नायिका निरुता सिंह बिरामी भएपछि मुम्बई पुगेकी छिन् । मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो । केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको बुझिएको छ ।

लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो । निरुता केही दिनदेखि उनको मुम्बइमा उपचार भैरहेको छ ।

निरुताले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us