पूर्व मिस टिन युनिभर्स लोटेको निधन

काठमाण्डु टुडे २०७५ फागुन २५ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, २५ फागुन – पूर्व मिस टिन युनिभर्स लोटे भान डेरजीको हृदयघातबाट निधन भएको छ । छुट्टि मनाउनका लागि अस्ट्रिया गएको बेला उनलाई हृदयघात भएको थियो । उनको गत बुधवार निधन भएको हो ।

आफ्नो २०औँ जन्मोत्सवको अघिल्लो दिन लोटेलाई अचानक हृदयघात भएपछि दुई हप्तासम्म उनी कोमामा थिइन् । डच मोडल लोटेले सन् २०१७ को मिस टिन युनिभर्स जितेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us