अक्षय कुमारले आफ्नै शरिरमा आगो लगाए !

काठमाण्डु टुडे २०७५ फागुन २२ गते १०:२८ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षय कुमार आफ्नै शरिरमा आगो लगाएका छन् । उनले हालै मुम्बइमा भएको एक कन्सर्टमा सहभागी हुँदा आफ्नै शरिरमा आगो लगाएर र्याम्प गरेका हुन् ।

उनको उक्त र्‍याम्प सामान्य थिएन । उनले गरेको उक्त र्‍याम्प सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भएका तस्वीरमामा उनी कुल देखिएका छन् ।

उनको पुरै शरीरमा आगो लागेको देख्न सकिन्छ । उनको आगोसहितको उक्त र्‍याम्पले उनी बलिउडमा सबैभन्दा उच्च र खतरनाक खेलाडी हुन् भन्ने पुष्टि गरेको छ । उनलाई बलिउडमा नायक सँगै खेलाडीको नामले पनि चिनिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us