सुरज थापाको हवाईजहाजमा ऋचा शर्मा !

काठमाण्डु टुडे २०७५ फागुन १७ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, १७ फागुन – गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । नेपाली हरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ भने गीतमा प्रकाश नेपालीको संगीत रहेको छ ।

गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल गायक सुरज थापाले गीतलाई मन छुने गरि गाएका छन् ।

गीतको भिडियोमा थुप्रै नेपाली चलचित्रमा अभिनय गरि सकेकी अभिनेत्री ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् निर्देशक सर्जुन राइले भिडियोलाइ उत्कृस्ट बनाएका छन् । परदेशमा जाने नेपालीहरुको कथा व्यथा र छोरो विदेश गए पछि घरमा रहेका आमा बुबाको दुख पिडालाइ भिडियोमा समेटिएको छ ।

https://www.youtube.com/watch?v=TdMtkb24gY0

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us