निककी पूर्व प्रेमिका माइली साइरसले प्रियंकालाई ‘कमेन्ट’मार्फत के भनिन् ?

काठमाण्डु टुडे २०७५ फागुन १६ गते १७:०६ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडा हालै भ्यानिटी फेयर अस्कर आफ्टर पार्टीमा देखिएकी थिइन् । ब्ल्याक एली गाउनमा प्रियंका निकै आकर्षक देखिएकी थिइन् । प्रियंका आफ्ना श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा पुगेकी थिइन् ।
प्रियंकाको यो लुकले त्यहाँ उपस्थित मानिसलाई मात्र प्रभावित गरेन, निककी पूर्व प्रेमिका माइली साइरस पनि उनीबाट निकै प्रभावित भइन् । २६ वर्षे माइलीले निकसँगको प्रियंकाको फोटोमा कमेन्ट गर्दै उनको प्रशंसा गरेकी छिन् ।

सेलिब्रिटी मेकअप आर्टिस्ट पेटी डुबराफले प्रियंकाको एउटा तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । यसमा माइली साइरसले कमेन्ट गरिन्, ‘सुन्दर । धेरैभन्दा धेरै माया !’ माइली र निक कुनै बेला प्रेमी प्रेमिका थिए ।

https://www.instagram.com/p/BuXCB2jDksQ/

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us