एजेन्सी – केही समय अगाडि विवाह बन्धनमा बाँधिएका अमेरिकी गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडाका केही तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
गत शुक्रबार एक कार पार्किङ स्थलमा खुलेआम जोन र प्रियंका चुम्बन गरेको तस्बिर सार्वजनिक भएका थिए । बेलायती वेभसाइट डेलिमेलका अनुसार यो जोडी शुक्रबार पार्किङ स्थलमै चुम्बन गर्दै गरेको अवस्थामा भेटिएको थियो । तस्बिरमा दुवै एक अर्कालाई बिर्सेर चुम्बनमा मस्त रहेको देखिन्छ ।
पछिल्लो पटक प्रियंका गर्भवती बनेको चर्चा चले पनि उनले त्यसको खण्डन गरेकी छन् । उनले क्यामेरको एंगलका कारण त्यस्तो देखिएको भन्दै आफू गर्भवती नबनेको स्पष्ट पारेकी हुन् ।
डिसेम्बर २०१८ मा विवाह गरेको यो जोडीका विवाहपछि कमै तस्बिर सार्वजनिक भएका छन् । उनीहरुको विवाहको फोटाहरु अहिलेसम्म सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।