सोनाक्षीले ३७ लाख भारु ठगेपछि…

काठमाण्डु टुडे २०७५ फागुन १२ गते १०:५३ मा प्रकाशित

एजेन्सी – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध भारतीय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्ला प्रहरीमा उजुरी परेको छ । सोनाक्षीसहित ५ जना विरूद्ध ठगीको मुद्दा दर्ता भएको हो ।

गत २४ सेप्टेम्बरमा दिल्लीमा आयोजित एक कार्यक्रममा पैसा लिएर प्रस्तुति दिन नपुगेपछि उनी लगायतका विरूद्ध ठगीको उजुरी परेको हो ।

उनीमाथि ३७ लाख भारू रूपैयाँ लिएर कार्यक्रममा उपस्थित नभएको आरोप छ । यसबाट असन्तुष्ट आयोजकले उनीहरू विरूद्ध उजुरी दिएका हुन् । प्रहरीले यस मामिलामा छानविन सुरू गरेको बारतिय संचारमाध्यमले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us