एजेन्सी – बलिउडका फिल्म प्रोड्युसर राजकुमार बर्जात्याको निधन भएको छ । उनको बिहिबार विहान मुम्बईस्थित श्री.एच.एन फाउन्डेशन हस्पिटलमा निधन भएको हो ।
फिल्म समिक्षक अक्षय राठीले उनको निधन भएको जानकारी दिएका हुन् । तर उनको निधन के कारणले भएको हो त्यो भने खुलाइएको छैन । राठीले ट्विट गर्दै उनको निधनले अत्यन्तै दुखी बनाएको उल्लेख गरेको छन् ।