काठमाण्डु, ८ फागुन – ढाडको मांशपेशीमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका चर्चित भारतीय गायक सोनु निगम आज बुधबार डिस्चार्ज भएका छन् ।
उनी हिजो दिउँसो अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालका डा. प्रवीण नेपाल र डा. पंकज जलानको टोलीले उपचार गरेको थियो ।
पोखरामा गीत रेकर्डिङ गराइरहेका निगमको ढाडमा समस्या देखिएपछि काठमाण्डु ल्याइएको थियो । उनी आजै स्वदेश फर्किने बताइएको छ ।