अमरेशलाई प्रमोद खरेलले दिए मुखभरीकाे जवाफ !

काठमाण्डु टुडे २०७५ फागुन ६ गते १६:५६ मा प्रकाशित

काठमाडौँ, ६ फागुन – लोकगायक पशुपति शर्मालाई प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद अमरेश कुमार सिंहले आफ्नो तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेपछि गायक प्रमोद खरेलले त्यसको प्रतिवाद गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेलगत्तै सत्तारुढ दलका सांसद झपड रावलले गीत योजनावद्ध रुपमा आएको भन्दै त्यही गीत सांसद सिंहले गाए आफ्नो एक महिनाको तलब ५५ हजार २ सय ३० रुपैयाँ दिने बताएपछि संगित प्रेमीहरुले यसको प्रतिरोध गरेका हुन् ।

गायक खरेलले सांसदहरुको घोषणामाथि टिप्पणी गर्दै शर्मालाई दिने भनेको रकम जनताका लागि खर्च गर्न सुझाव दिएका छन् ।

उनले गीतमाथि राजनीति नगर्न सुझाव समेत दिए । ‘‪त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस, जनताका लागि काम गर्नुस् ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस्, ‪कर्म गर्नुस, गीतमाथि राजनीति नगर्नुस्’, सामाजिक सञ्जाल फेसबुकमार्फत गायक खरेलले आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us