एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले गत मे २०१८ मा आनन्द आहुजासँग विवाह गरिन् । विवाहपछि उनले सामाजिक सञ्जालमा आफ्नो नामका साथमा श्रीमानको नाम पनि जोडेकी थिइन् ।
उनले आफ्नो नाम सोनम कपुरबाट ‘सोनम कपुर आहुजा’ बनाएकी थिइन् । अब विवाह भएको ९ महिनापछि उनले फेरि आफ्नो नाम फेरेकी छन् । उनले पति र आफ्नो नाम पनि परिवर्तन गरेर नयाँ नाम राखेकी छन् ।
सोनप कपुरले इन्टाग्राम र ट्वीटर अकाउन्टमा आफ्नो नाम सोनम कपुर आहुजालाई बदलेर ‘जोया सिंह सोलंकी’ बनाएकी छन् । सोनम आजभोली आफ्नो नयाँ चलचित्रको तयारीमा जुटेकी छन् ।
उनको आगामी चलचित्रको नाम ‘द जेया फ्याक्टर’ । यो चलचित्रको प्रमोशनका लागि सोनमले आफ्नो नाम बदलेकी हुन् । चलचित्रमा उनको नाम जोया सिंह सोलंकी छ । अभिशेक शर्माले चलचित्रको निर्देशन गरिरहेका छ्न् । 
‘द जोया फ्याक्टर’ को कहानी अनुजा चौहानको किताबमा आधारित छ । चलचित्रको कहानी एक राजपूत युवती इर्द गिर्द घुमिरहेकी हुन्छिन् जसको नाम जोया हुन्छ । यो एक विज्ञापन एजेन्सीमा काम गर्छिन् ।