आमा बन्दै प्रियंका !

काठमाण्डु टुडे २०७५ फागुन ६ गते ११:२४ मा प्रकाशित

एजेन्सी – नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । हालै सार्वजनिक भएको उनको तस्वीरमा ‘बेबी बम्प’ देखिन सुरु भएको छ । तस्वीरमा बेबी बम्प देखिन सुरु भएसँगै उनी आमा बन्ने संकेत देखिएको हो ।

हालै हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को प्रिमियर हेर्न श्रीमान निक जोनाससँग पुगेकी प्रियंकाले गत फेब्रुअरी १२ तारिखमा पत्रकारहरुसँग कुरागर्दै प्राकृतिक रुपमा आमा बन्नु साँच्चै रमाइलो महशुस हुने बताएकी थिइन् ।
यसअघि कैयौं कार्यक्रमहरुमा उनी आफ्नो बेबी बम्प लुकाउन सफल भएकी थिइन् ।

तर, अब उनी त्यो लुकाउने परिस्थितीमा छैनन् । द न्युजका अनुसार प्रियंका र निक दुवै आमा–बुबा बन्ने भएपछि खुशी भएका छन् ।  यद्यपि यस विषयमा दुवैले कुनै प्रतिक्रिया जनाएका छैनन् । प्रियंका विवाह अगाडि नै गर्भवती भएको अनुमान गरिएको छ । गत डिसेम्बर १ तारिखमा प्रियंका र निकको विवाह भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us