जम्मू–काश्मिरमा ज्यान गुमाएका जवानका परिवारलाई अमिताभको २ करोड सहयाेग

काठमाण्डु टुडे २०७५ फागुन ५ गते ११:३१ मा प्रकाशित

दिल्ली, ५ फागुन – जम्मू–काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानका परिवारलाई अमिताभ बच्चनले आर्थिक सहयोग गर्ने भएका छन् ।

बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

गएको वर्ष अमिताभले देशको सुरक्षा गर्दा गर्दै शहीद भएका भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us