गायिका बुनु श्रेष्ठको मारुनी गीत ‘मलाई मेरै नेपाली’ को भिडियो सार्वजनिक

काठमाण्डु टुडे २०७५ फागुन ४ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, ४ फागुन – गायिका बुनु श्रेष्ठको ‘मलाई मेरै नेपाली’ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मोद कोईरालाको शब्द तथा संगीत रहेको छ भने गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।

भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु छायाँकन गरिएको छ । गायिका श्रेष्ठ उक्त गीतबाट लोप हुँदै गएको नेपाली कलासंस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी छिन् भने गीतका रचनाकार तथा संगीतकार प्रमोद कोईराला उक्त गीत आफ्नो सांगितिक यात्राका लागि महत्वपूर्ण भएको बताउँछन् ।

गायिका श्रेष्ठ उक्त गीतबाट लोप हुँदै गएको नेपाली कलासंस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी छिन् । करिब १२ वर्षको अन्तरालपछि नेपाली संगीत क्षेत्रमा कमब्याक भएकी गायिका श्रेष्ठ पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दैछिन् । उनले यसअघि मात्रै ‘छ कि छैन’, ‘भगवान मेरो ९प्रायश्चित०’ लगायतका गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।

पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन् ।बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । गायिका बुनु श्रेष्ठको आफ्नै स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गीतलाई उनकै श्रीमान् महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us