शसस्त्रका आइजीपीले ल्याए ‘भ्यालेन्टाइन कोशेली’

काठमाण्डु टुडे २०७५ फागुन २ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, २ फागुन – प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ ।

सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् ।

आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए ।

डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र खनाल हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us