कंगनाको सफलता देखेर बलिउड जल्छः तनुश्री दत्ता

काठमाण्डु टुडे २०७५ माघ २९ गते १२:०७ मा प्रकाशित

एजेन्सी – अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिका’को विवाद चलिरहेकै बेला अभिनेत्री तनुश्री दततले कंगनाको समर्थन जनाएकी छन् । तनुश्री दत्ताले कंगनाको पक्षमा बोल्दै भनिन्, ‘कंगनाको पक्षमा कोही पनि बोलेनन् किनकी उनको सफलतामा मानिसहरु जल्ने गर्छन् ।’

तनुश्रीले कंगनालाई भनिन्, ‘तपाई एक ए लिष्टर अभिनेत्री हो र कसैको सहयोग बिना नै अगाडी बढ्नु भएको हो । बलिउडमा मै हुँ भनेर गुट बनाउनेहरु पनि तपाईँको हिम्मत देखेर डराउने गर्छन् । यही कारण उनीहरु तपाईँको सफलता देखेर पनि नदेखेझैं गरेर चुपचाप छन् ।’

तनुश्रीले कंगनाको फिल्म ‘मणिकर्णिका’को विषयमा अगाडि भनिन्, ‘मैले अहिलेसम्म ‘मणिकर्णिका’ हेरेकी छैन् । तर अमेरिकामा मेरा साथीहरुले मलाई यो फिल्म हेर्नु भनेका छन् । सायद म यो फिल्म छिट्टै नै हेर्नेछु । मेरा आमा बुवाले पनि यो फिल्म हेरिसकेका छन् र उहाँहरुले प्रशंशा पनि गर्नुभएको छ । विशेष गरेर उहाँहरुले कंगनाको तारिफ गर्नुभएको छ ।’

अभिनेत्री तनुश्री दत्ता केही समय अघि भारत आएर अभिनेता नाना पाटेकरविरुद्ध मिटू अन्तर्गत आफूमाथि भएको दूव्र्यवहारबारे खुलेर बोलेकी थिइन् । त्यस समयमा अभिनेत्री कंगना रनावतले पनि खुलेर तनुश्री दत्ताको समर्थन गरेकी थिइन् ।
अभिनेत्री कंगना वास्तवमै एक साहसी र निडर अभिनेत्री हुन् । कंगना आफूलाई गलत लागेको कुरा कसैसँग पनि नडराएर निर्धक्कका साथ निडर भएर बोल्ने गर्छिन् । उनले बलिउडमा कयौं सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us