शितल र प्रमेशलाई ‘नक्कली कान्छी’ नै मन परेपछि (भिडियोसहित)

काठमाण्डु टुडे २०७५ माघ २८ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, २८ माघ – लोकदोहोरी गीत ‘नक्कली कान्छी’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी, प्रमेश उपाध्ययको आवाज रहेको छ ।

आफुलाई नक्कली कान्छी निकै नै मन परेको कुरा गीतमा गायकले बताएका छन् । आफ्नी प्रेमीका बनाउनको लागी निकै हतारमा रहेको गायकले बताएका छन् । गीतमा महेश नेपालीको शब्द तथा राम स्याङतानको लय सिर्जना रहेको छ ।

निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा महेश महराको छायाँकन, चेतन सागरको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘नक्कली कान्छी’ गीतमा यादव देवकोटा ,सुरविर पण्डीत , पासाङ तामाङ र एलिना देउजाको अभिनय रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us