काठमाण्डु, २८ माघ – नेपाली चलचित्र क्षेत्रमा मेघा स्टारको ट्याग पाएका नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ यतिबेला निकै चर्चामा छ । सोही चलचित्र प्रचार प्रसारका लागि अनमोल यतिबेला नेपालगन्ज पुगेका छन् ।
आगामी फागुन १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्र प्रचारका लागि नेपालगन्ज पुगेका अनमोलको क्रेज निकै देखिएको छ । नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोल सहित क्याप्टेन निर्माण टिम पुगेको थियो । अभिनेता केसीलाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेक्युरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यावस्थाका साथ अनमोललाई मञ्चमा उकालिएको थियो ।
महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकको ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो । महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकविच रिलिजको तयारीमा रहेको चलचित्र क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो ।
उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको प्रस्तुती रहने छ । पहिलो पटक नेपालगन्ज पुगेका अनमोल दर्शकमाझ अमृत सरह भए । महोत्सवमा उपस्थीत दर्शकले थोरै समय भएपनि अनमोललाई देख्न पाएकोमा खुशी व्यक्त गरे । गीत र ट्रेलरका कारण चलचित्र ‘क्याप्टेन’ दर्शकमाझ निकै प्रतिक्षित छ।