बलिउडका चर्चित भिलेन महेश आनन्द घरमै मृत भेटिए

काठमाण्डु टुडे २०७५ माघ २७ गते ११:३५ मा प्रकाशित

एजेन्सी – बलिउड उद्योगका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो ।

उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि कूपर हस्पिटलमा राखेको छ । अन्तिम पटक उनी गोविन्दाको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए ।

जुन यसै वर्षको जनवरी १८ मा रिलीज भएको थियो । उनले बलिउडका चर्चित कलाकार गोविन्दा, सनी देओल, सञ्जय दत्त, अमिताभ बच्चन र धर्मेन्द्रसँग काम गरिसकेका थिए । उनी बलिउडमा भिलेनको भूमिका निभाएका कारण निकै चर्चित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us