एजेन्सी – साउथका सुपरस्टार राम चरणले आफ्नो पछिल्लो सिनेमा विनया विदेया रामाले दर्शकको अपेक्षा पूरा गर्न नसकेको बताएका छन् । उनको सो सिनेमा वक्सअफिसमा फ्लप भएको थियो ।
सिनेमा समिक्षक तथा दर्शक दुबैबाट आलोचितसमेत भयो । अति लामो एक्सन सिनका कारण सिनेमा ट्रोलको सिकार समेत बन्यो । बायोपति श्रीनु निर्देशित सिनेमा फ्लप भएपछि रामचरणले दर्शकसँग उनीहरूको आशा पुरा गर्न नसकेकोमा माफी मागेका छन् ।
विनया विधेया रामा बनाउनलाई मेहेनत गरेका सबै प्राविधिकहरूलाई धन्यवाद दिन चाहन्छु । निर्माता डिडी दानयाको सहयोगको लागि कुनै शब्द छैन । म मेरा वितरक तथा प्रदर्शकले हाम्रो सिनेमालाई विश्वास गर्दै गरेको सहयोगका लागि आभारी छु, रामचरणले भने, हामीले सक्दो मनोरञ्जन सिनेमा बनाउने प्रयास गरेका हौं । दुर्भाग्यवशः हाम्रो दृष्टिकोण सिनेमाको पर्दामा देखिन सकेन र हामीले तपाईँहरूको आशा पूरा गर्न सकेनौ ।
योसँगै राम चरणले फ्यानहरूका कारण आफूलाई अझ कडारूपमा काम गर्न प्रेरणा मिलेको र यसले उनीहरूको अपेक्षा पूरा गर्न उर्जा दिएको पनि बताए ।
ु