अक्षय कुमारका एक फ्यान पक्राउ

काठमाण्डु टुडे २०७५ माघ २४ गते १२:४० मा प्रकाशित

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारको घरमा जबर्जस्ती प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । मुम्बईका जुहुस्थित एक वरिष्ठ पुलिस अधिकारीका अनुसार हरियाणामा बस्ने अंकित गोस्वामी अक्षय कुमारलाई भेट्न चाहन्थे र यही एक कारणका लागि मुम्बई आएका थिए ।

बलिउड सेलिब्रिटीको घर उनीहरुका प्रशंसकका लागि कुनै पर्यटकीय स्थलभन्दा कम हुँदैन । सेलिब्रिटीको एक झलक पाउनका लागि प्रशंसकहरु घण्टौंसम्म उनीहरुको घर बाहिर उभिन्छन् । साथै, उनीहरुको घरबाहि उभिएर तस्बिर खिच्नु र त्यसलाई सोसल मिडियामा अपलोड गर्नु पनि मानिसहरुका लागि निकै खास हुन्छ ।

अक्षयका यी प्रशंसक अंकित गोस्वामीले गुगलमार्फत अभिनेताको खोजी गरेका थिए । सोमबार अबेर राती जब उनी घरभित्र प्रवेश गर्ने कोसिस गरे तब सुरक्षाकर्मीले उनलाई समाते ।

पुलिस अधिकारी परमजीत सिंह दहियाले जुहु पुलिसले उनीसँग सोधपुछ गरेको र मंगलबार उनलाई पक्राउ गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us