जब अनुष्का शर्माले आफूजस्तै देखिने ‘हमसकल’ महिला भेटिन…

काठमाण्डु टुडे २०७५ माघ २३ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, २३ माघ – बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । उनीजस्तै देखिने अर्की महिलाका कारण उनी यतिबेला चर्चित भएकी हुन् ।

अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु देखिएपछि उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले उनीहरुको तस्बिर सेयर गरिरहेका छन् ।

यसरी आफूलाई अनुष्का शर्मा जस्तै देखिने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि स्वयम् जुलिया माइकल्सले ट्विटरमा अनुष्का र आफ्नो फोटो शेयर गरेर ‘अनुष्का शर्मा हामी दुई जुम्ल्याहा’ भन्दै अनुष्का शर्मालाई मेन्सन गरेकी छन् ।

जुलिया आफैले अनुष्कासँगको तस्बिर सेयर गरेपछि अनुष्का शर्माले पनि जुलियालाई प्रतिक्रिया दिएकी छिन् । अनुष्काले लेखेकी छिन्, ‘हो म जीवनभरि तिमी अनि हाम्रा पाँच जना अनुहार मिल्नेहरुलाई खोजी राखेकी थिएँ ।’

अनुष्का शर्मा बलिउड फिल्म उद्योगमा अभिनयमार्फत दर्शकहरुबीच चर्चित छिन् । उनी जस्तै देखिने जुलिया माइकल्स पनि हलिउडमा गीत गाउनुका साथै लेख्ने पनि गर्छिन् । साथै उनी ग्रामी अवार्डमा उत्कृष्ट गायिकाको रुपमा नोमिनेशनमा परेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us