यूएईको दोस्रो विकेट झर्यो

काठमाण्डु टुडे २०७५ माघ १८ गते १५:०२ मा प्रकाशित

काठमाण्डु, १८ माघ – टस हारेर फिल्डिङमा उत्रिएको नेपालले दोस्रो सफलता पाएको छ । युएईको दुवै विकेट सोमपाला कामीले लिएका हुन् ।

आजको खेलमा रोहित पौडेल र बसन्त रेग्मी टीमबाट बाहिर छन् भने उनीहरुको स्थानमा ललित राजवंशी र पवन सर्राफलाई टीममा भित्र्याइएको छ ।

नेपाललाई सिरिजमा जीवित रहन आजको खेल जित्नै पर्ने दबाव छ । नेपालले हालसम्म कुनै पनि टी-२० सिरिज जित्न सकेको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us