काठमाण्डु, १७ माघ – यूएईविरुद्धको टि–२० शृंखलाको पहिलो खेलमा सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । दोस्रो ओभरमा आएका सन्दीपले पहिलो बलमा नै यूएईका ओपनर अस्फाक अहमदलाई बसन्त रेग्मीको हातबाट क्याच गराएका हुन् ।
युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टि–२० खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको हो । युएईको आईसीसी ग्लोबल एकेडेमीमा भइरहेको खेलमा युएईले दोस्रो ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ८ रन बनाएर खेलिरहेको छ ।