काठमाण्डु, १४ माघ – युएईले दिएको २५५ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरमा १ विकेट गुमाउँदै ५२ रन बनाएको छ ।
नेपालका लागि ओपनर बिनोद भण्डारी ९ रन बनाएर आउट हुँदा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रनको साझेदारी गर्दै नेपालको ५० रन कटाएका हुन् ।
कप्तान खड्काले २५ बल खेल्दै ६ चौकासहित २८ रन बनाउँदा उपकप्तान मल्लले १८ बल खेल्दै १ चौकासहित १४ रन बनाएका थिए ।