सन्नीलाई लाग्यो यस्तो गम्भीर आरोप

काठमाण्डु टुडे २०७५ माघ १२ गते १७:०० मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनमाथि एउटा गम्भीर आरोप लागेको छ । पछिल्लो समय उनलाई फिल्ममा गीतको निकै अफर आउन थालेका छन् ।

यसै क्रममा उनलाई ‘पटेलकी पंजाबी शादी’का लागि अफर आएको थियो । जसका लागि उनले एडभान्सका रूपमा पाँच लाख लिएकी थिइन् । तर सन्नीले न फिल्मको सुटिङ गरिन् न त एडभान्स नै फिर्ता गरिन् । अहिले उनलाई यस्तै आरोप लागेको छ ।

फिल्मका निर्माता भारत पटेलले सन्नीले आफ्नो फिल्मका लागि स्पेसल डान्स सुट गर्ने सहमतिअनुसार पाँच लाख लिएको र पछि डान्स नगरेको बताएका छन् । साथै, सन्नीले इडाभान्ससमेत फिर्ता नगरेको उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us