एश्वर्याको यस्ता बानी मन पराउँदिनन् श्वेता
काठमाण्डु टुडे
२०७५ माघ १० गते १२:४१ मा प्रकाशित
एजेन्सी – बलिउडका चर्चित अभिनेता अभिषेक बच्चन र उनकी दिदी श्वेताले बच्चन परिवारसँग जोडिएका थुप्रै कुराहरुको खुलासा गरेका छन् । उनीहरुले करण जोहरको शो ‘कफी विथ करण’मा यस्ता कुराको खुलासा गरेका हुन् ।

श्वेताले चर्चित अभिनेत्री ऐश्वर्या राए बच्चनले गर्ने बानी व्यहोराको खुलेर आलोचना गरेकी छन् । मोडल, पत्रकार तथा कार्यक्रम प्रस्तोता समेत रहेकी श्वेताले ऐश्वर्याको विषयमा पनि खुलेरै आलोचना गरेकी थिइन् । कार्यक्रमको र्यापिड फायर राउन्डमा करणले ऐश्वर्याको कुन बानी मन पर्दैन भन्ने जवाफमा उनले भनिन्, ‘ऐश्वर्या म्यासेज र फोन कलको जवाफ दिन निकै लामो समय लगाउँछिन् । मलाई उनको यो बानी पटक्कै मन पर्दैन ।’
मोडल, पत्रकार तथा कार्यक्रम प्रस्तोता श्वेताले भाई अभिषेक बच्चनको भने खुलेरै प्रशंसा गर्दै भनिन्, ‘अभिषेक असल भाई मात्रै नभएर असल श्रीमान पनि हो । साथै परिवारको लागि पनि कुशल सदस्य हो । ऊ परिवारको लागि सधैँ इमानन्दार रहन्छ ।’ यद्यपि, बच्चन खानदानका अमिताभ बच्चन पनि ह्वाट्सएपमा जवाफ दिदैँनन् ।