नायिका साम्राज्ञीको इन्स्टाग्राम ह्याक 

काठमाण्डु टुडे २०७५ माघ ९ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, ९ माघ – चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्लक्ष्मी शाह सामाजिक संजाल इन्टाग्राममा एकदमै लोकप्रिय छिन् ।

उनलाई इन्टामा करिब ४ दाखले फलो गरेका छन् । उनको यो अकाउन्ट ह्याक भएको छ । ह्याकरले अकाउन्ट ह्याक गरेर केही अश्लील तस्वीर पोष्ट गरेर अहिले भने हटाइसकेका छन् ।

तर अकाउन्ट भने अझै सुचारु भएको छैन । साम्राज्ञीकीकी आमा नेहा आरएल शाहले आफूहरु एकाउन्ट ह्याक भएकोमा अचम्मित भएको प्रतिक्रिया दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us