सलमान खानको प्रेममा श्वेता !

काठमाण्डु टुडे २०७५ माघ ८ गते ११:४८ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनकी छोरी एवं ऐश्वर्या राएकी आमाजु श्वेता बच्चन नन्दाले आफू कुनैबेला सलमान खानको प्रेममा भएको बताएकी छिन् । उनले करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा यस कुराको खुलासा गरेकी हुन् ।

एक र्यापिड फायर राउन्डमा करणले श्वेतालाई सोधे, ‘म जुन सेलिब्रिटीको नाम लिन्छु उनीहरुलाई हटनेटको हिसाबले सूचीबद्ध गर्नुहोस् । सलमान, शाहरुख, आमिर, ऋतिक र अजय ।’

श्वेताले सबैभन्दा पहिले सलमानको नाम लिएपछि करणले ‘सलमान तिम्रो टिनएज क्रस थिए रु’ भनेर सोधे । यसमा श्वेताले ‘हो’ भन्दै व्याख्या गरिन्, ‘जब हामी बोर्डिङ स्कूलमा थियौं तब मैले सलमान खानको मेने प्यार किया भिसिआरमा हेरेकी थिएँ । मैले फिल्मको पूरा अडियो रेकर्ड गरेकी थिएँ र त्यो दैनिक सुन्थेँ ।’

श्वेताका अनुसार अभिषेकले उनका लागि सलमान खानले फिल्म ‘मेने प्यार किया’ मा लगाएको क्याप पनि ल्याइदिएका थिए । उनले भनिन्, ‘म राती त्यो क्याप लिएर सुत्थेँ । म सलमानलाई मन पराउन थालेकी थिएँ ।’

करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा सेलिब्रिटीले जे बोल्छन् त्यसले विवाद निम्त्याउने गर्छ । क्रिकेटर हार्दिक पाण्ड्या र केएल राहुलले यो कार्यक्रममा यतिधेरै बोलेका थिए कि उनीहरु दुबैले भारतीय क्रिकेट टिमबाट अलग्गिनु परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us