काठमाण्डु, ७ माघ – लामो समयदेखि अस्वस्थ कलाकार गणेश मुनालको निधन भएको छ । मुनालको सोमबार बिहान वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
दमका रोगबाट पीडित मुनालको सोमबार बिहान निधन भएको कलाकार निर्मल शर्माले पुष्टि गरेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । माहांकालका स्थायी बासिन्दा मुनालको शव अन्तिम श्रद्धाञ्जलिका लागि केहीबेर आर्यघाटमा राखिएको थियो ।
‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘लभ लभ लभ’, ‘दिदीभाइ’ ‘मिस्टर डनड लगायतका चलचित्र र थुप्रे टेलिचलचित्रमा उनको अभिनय रहेको छ । मुनालले पछिल्लो पटक अभिनय गरेको चलचित्र गोपीु माघ १८ गतेखेखि हलमा आउँदैछ । उनका एक छोरा छन् ।