एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रणावत आफ्नो अघिल्लो फिल्म ‘मणिकर्निकाः झान्सीकी रानी’को प्रचारमा व्यस्त छिन् । हालै उनले चलचित्रको प्रचार कार्यक्रममा आफ्नो तेस्रो चलचित्र सिरिज ‘तनु वेड्स मनु –३ ’ चाँडै सुरु हुने बताएकी छन् ।
![]()
अभिनेत्री कंगना अहिले आउन लागेको फिल्म ‘मणिकर्निकाः झांसीकीे रानी’को प्रचारमा व्यस्त छिन् । यो फिल्मको ट्रेलर र गित दुबैैलाई दर्शकले खुबै मन पराएका छन् ।
उक्त फिल्ममा कंगना लिड रोलमा थिइन् र उनलाई दर्शकले दुबै फिल्ममा मन पराएका थिए । अब उनले उक्त सिरिजको तेस्रो फिल्म पनि चाँडै नै सुरु गर्ने बताएकी छन् ।
भारतीय एक सञ्चारमाध्यमले लिएको अन्तरवार्तामा कंगनाले भनिन्, ‘म आफ्नो फिल्म ‘मर्णिकनिका’को सिलसिलामा व्यस्त थिएँ । चलचित्र ‘जिरो’ को कुनै पनि प्रचार कार्यक्रममा जान सकिनँ तर आनन्द एल राय हाम्रो फिल्मको एक शो हेर्न आउनुभएको थियो । हामी चाँडै नै तनु वैड्स मनु ३ को घोषणा गछौँ ।’ तनु वैड्स मनुको पहिलो सिरिज २०११ मा रिलिज भएको थियो भने दास्रो ‘तनु वेड्स मनु रिटर्न्स ’ २०१५ मा रिलिज भएको थियो ।
जनवरी २५ मा रिलिज हुन लागिरहेको फिल्म ‘मणिकर्निका’ बाहेक कंगना अन्य दुई फिल्ममा काम गरिरहेकी छिन् । उनी फिल्म ‘मेन्टल है क्या’ र ‘पङ्गा’ चलचित्रमा काम गरिरहेकी छिन् ।