यसरी भयो तप्सीको पहिलो ‘ब्रेकअप’

काठमाण्डु टुडे २०७५ माघ ३ गते १०:२९ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेत्री तप्सीले हालै आफ्नो पहिलो प्रेमसम्बन्ध कसरी छुट्यो भन्ने सार्वजनिक गरेकी छन् । तप्सीका अनुसार उनलाई उनका प्रेमीले १० कक्षाको बोर्ड परिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै ब्रेकअप दिएका थिए ।

‘पहिलो प्रेमका बेलामा म ९ कक्षामा पढ्थें । साथीहरूको हेरि मेरो ढिला प्रेम भएको थियो । अहिले उसले ब्रेकअप दिएको कारण सम्झिदां हाँसो उठेर आउँछ । उसले १० कक्षाको बोर्ड परिक्षामा ध्यान केन्द्रित गर्नुपर्छ भन्दै ब्रेकअप दियो’, तप्सीले भनिन् ।

‘म अझै सम्झिन्छु, त्यो समयमा मोबाइल फोन थिएन । मेरो घर पछाडी एउटा पिसिओ थियो र उसलाई त्यहीबाट फोन गरेर मलाई किन छाड्दैछौं भनेर रून्थे’, उनले अगाडी थपिन् ।

त्यस्तै प्रेमसम्बन्धका बारेमा थप बोल्दै तप्सीले उनले प्रेममा हुँदा आफूले प्रेम गरेको मान्छे नै मेरो सर्वस्व हो ठान्दै उसकै वरीपरी जीवनको कल्पना गर्ने गरेको बताइन् ।

उनले माथि सोचेको जस्तो कुराको भ्रम हो भन्ने भएपछि ब्रेकअप हुने बताउँदै सायद त्यो मान्छे आफ्ना लागि नभएपनि अर्को मान्छे मेरा लागि हुनेछ भनेर ठान्ने गरेको ठट्टा गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us