‘द भ्वाइस अफ नेपाल’ सिजन–२ आजबाट सुरु

काठमाण्डु टुडे २०७५ माघ २ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, २ माघ – सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को डिजिटल अडिसन सुरु भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले आजबाट डिजिटल अडिसन सुरु गरेको हो ।

डिजिटल अडिसनमा संसारका जुन सुकै देशमा बस्नेले पनि अडिसन दिन पाउने छन् । डिजिटल अडिसनबाट छानिएकाहरु ब्लाइन्ट अडिसनमा आउन पाउने छन् ।

‘दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,’ ‘द भ्वाइस अफ नेपालले भनेको छ । सिजन–१ मा भारतका विभिन्न ठाउँबाट नेपाली भाषी डिजिटल राउन्ड अडिसन हुँदै अघिल्ला चरणहरुमा पुगेका थिए ।

सिजन वानमा १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए । सिजन वान सकिएको केही समयमै भ्वाइसले सिजन–२ सुरु गरेको हो । सिजन वानको विजेता पोखराका सिडी विजय अधिकारी भएका थिए ।

सिजन वान कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको थियो भने ‘द भ्वास अफ नेपाल’को सिजन–२ भने हिमालयन टेलिभिजनबनट प्रशारण हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us