सलमानसँग रोमान्स गर्दै दिशा

काठमाण्डु टुडे २०७५ माघ २ गते ११:१५ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘किक–२’ मा दिशा पटानी देखिने भएकी छिन् । सन् २०१४ मा रिलीज भएको फिल्म ‘किक’ मा ज्याकलीन फर्नाडीज मूख्य भूमिकामा थिइन् ।

साजिद नाडियाडवालाद्वारा निर्माण र निर्देशित उक्त फिल्मको सिक्वेल ‘किक–२’ को लागि गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

सन् २०१६ मा रिलीज भएको फिल्म ‘एम।एस।धानीः दि अनटोल्ड स्टोरी’ बाट बलिउडमा डेब्यु गरेकी दिशा पटानीले दोस्रो फिल्म ‘बागी–२’ मा काम गरेकी थिइन् । पहिलो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

अहिले उनी सलमान खानको ‘भारत’ मा काम गरिरहेकी छिन् । स्टन्टले भरिएको फिल्ममा उनी आफैले स्टन्ट दिइरहेकी छिन् । सलमान खानको फिल्म ‘भारत’ दिशा पटानीको करियरको लागि निकै ठूलो अवसर हुने विश्वास गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us